पथरीशनिश्चरे (मोरङ), ८ बैशाख–कोशी प्रदेशका मुख्यमत्री केदार कार्कीले मोरङ पथरीशनिश्चरेस्थित भुटानी शरणार्थी शिविरमा स्वास्थ्इ चौकीको उद्घाटन गर्नुभएको छ ।
मुख्यमन्त्री कार्कीले पथरीशनिश्चरे–१० भुटानी शरणार्थी शिविरमा निर्माण भएको सो स्वास्थ्य चौकीको उद्घाटन गर्नुका साथै झापा र मोरङका दुईवटा नगरपालिकालाई एक–एक वटा एम्बुलेन्स समेत हस्तान्त्रण गर्नुभएको छ ।
ईन्ट्रा नेशनल बेलफेयर एढठ सपोर्ट फाण्ण्डेशन अफ अमेरिकाले शनिबार शरणार्थी शिविरमा आयोजना गरेको भब्य कार्यक्रमबीच मुख्यमन्त्री कार्कीले स्वास्थ्य चौकीको उद्घाटन गर्नुका साथै एम्बुलेन्स हस्तान्त्रण गर्नुभएको हो ।
मोरङको पथरीशनिश्चरेसहित र झापाको दमक र अन्य विभिन्न स्थानमा रहेको शरणार्थी शिविरमा आश्रयपछि हालःतेस्रो मुलुकमा बसोबास गरिरहेका सामाजिक अगुवाहरुले स्थापना गरिएको ईन्ट्रा नेशनल बेलफेयर एण्ड सर्पोट फाण्डेशन अफ अमेरिका नामक संस्था हो । यहि, संस्था मार्फत दमक र पथरीशनिश्चरेमा रहेका भुटानी शरणार्थीहरुको जीवन यापथनमा सहयोग पुर्याउन विभिन्न सामाजिक सेवा गर्दै आइरहेको छ ।
ईन्ट्रा नेशनल वेलफेयर एण्ड सपोर्ट फाउण्डेशन अफअमेरिकाका अध्यक्ष डिल्ली अधिकारीले संसार भरका नेपाली भाषी र जातिहरूलाई एउटै छाता मुनि गोलबन्द गर्ने उदेश्यले संस्था स्थापना गरिएको बताउनुभयो । वहाँले संस्थाले नेपाली समुदाय भुटानी शरणार्थी शिविरमा बर्षौदेखि जीवन बिताउन वाध्य शरणार्थीहरूको स्वास्थ्य परीक्षणसहित उपचार सेवा प्रदान गर्नका लागि स्वास्थ्य चौकी सञ्चालनमा ल्याइएको बताउनुभयो ।
अध्यक्ष अधिकारीले झापाको दमकस्थित बेलडाँगी र मोरङको पथरीशनिश्चरे शिविरका भुटानी शरणार्थीहरूलाई स्वास्थ्य, शिक्षा, रोजगारी, लगायतका विभिन्न सेवा सुविधाहरु उपलब्ध गराउन मुख्य मन्त्रीलाई अनुरोध गर्नुभएको थियो।
सो अवसरमा ईन्ट्रा फाउण्डेशनका नेपाल दुत (एम्बास्डार) दिलिप रायमाझी, नृत्य निर्देशक शंकर बिसी, कलाकार करिष्मा ढकाल, गायक डम्बर नेपाली, लगायतका राष्ट्रिय तथा स्थानीय कलाकारहरुले आ–आफ्ना विभिन्न सांगीतिक तथा सांस्कृतिक नृत्यहरू प्रस्तुति दिएका थिए।
