Exif_JPEG_420

सुरुङ्गा, ८ बैशाख–स्वर्गीय गौरीलाल श्रेष्ठको स्मृतिमा झापाको सुरुङ्गामा एक दिवसीय जिल्लास्तरीय सितोरीयो कराँते प्रतियोगिता हुने भएको छ ।

सुरुङ्गा जेसीज परिसरमा दोस्रो जिल्लास्तरीय कराँते प्रतियोगिता सञ्चालन हुने भएको हो । सुरुङ्गा इलुवाबारी सितोरीयो कराँते डोजोको आयोजना एवं सह–आयोजकका रुपमा सुरुङ्गा जेसीज रहने डोजोका संयोजक राजेन्द्र लिम्बूले जानकारी दिए ।

करिव दुई लाख खर्च हुने अनुमान गरिएको प्रतियोगीताका लागि सुरुङ्गास्थित सिद्धि ज्वेलर्स, श्रेष्ठ ज्वेलर्स र न्यु गोल्ड जीमबाट आर्थिक सहयोग हुने बताइएको छ ।

आगामी वैशाख १५ गते हुने प्रतियोगितामा झापाका विभिन्न पालिका एवं डोजोहरुबाट २ सय ५० बढी खेलाडीहरुको सहभागीता रहने छ । कराँते महासंघ झापाको संयोजन तथा रेफ्री कमीशन झापाको प्राविधिक सहयोग रहने प्रतियोगितामा २० देखि ६० केजी तौल समूहका महिला तथा पुरुषले प्रतिष्पर्धा गर्ने भएका छन् ।

प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने खेलाडीलाई मेडल, ट्रफी र प्रमाण पत्र प्रदान गरिने जनाइएको छ । कोशी प्रदेश खेलकुद बोर्ड उपाध्यक्ष बिन्दिया कार्कीबाट समुद्घाटन हुने प्रतियोगिता सम्पन्न गर्न २० जना राष्ट्रियस्तरका निर्णायक मण्डलीको उपस्थिति रहने जनाइएको छ । वैशाख १५ गते शनिवार बिहान ७ बजेदेखी नै संचालन हुने प्रतियोगिताको औपचारिक कार्यक्रम भने दिउँसो १ बजेदेखि हुने आयोजक समितिले जनाएको छ ।

आयोजक समितिका संयोजक राजेन्द्र लिम्बूसहित सह–आयोजक संस्था सुरुङ्गा जेसीजका अध्यक्ष राजु पाठक, कराँते महासंघ झापाका अध्यक्ष जगन दुर्वासा कार्की, कनकाई नगर खेलकुद विकास समितिका अध्यक्ष जविन तिम्सिना, राष्ट्रिय खेलकुद परिषद् कराँते प्रशिक्षक दुर्गाराज निरौला, रेफ्री कमिशन संयोजक विष्णुकुमार नेम्बाङ, कराँते महासंघ झापाका सदस्य एवं क्षेत्र नं ४ का सिनियर कराँते गुरु राम पाठक, सुरुङ्गा जेसीजका पुर्व अध्यक्ष त्रिलोचन उप्रेती, जेसीजका कानुनी सल्लाहकार दिपेन्द्र प्रधान, कार्यकारिणी उपाध्यक्ष रिसवसिंह चहार लगायतको उपस्थिति रहेको थियो ।

सुरुङ्गा बजारका पुराना व्यवसायी खेलप्रेमी स्व.गौरीलाल श्रेष्ठको खेलप्रतिको मोह सधैं ताजा राख्दै परिवारकातर्फबाट आफ्ना अभिभावकको योगदान साथै सत्कर्मलाई सधैं अमर राख्न वार्षिक रुपमा खेलका गतिविधि संचालन गर्दै आएको स्व।श्रेष्ठका छोरा प्रविन श्रेष्ठले जानकारी दिए ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *