काठमाडौँ, ९ बैशाख–साविक विजेता म्यानचेस्टर सिटी एफए कपको फाइनलमा प्रवेश गरेको छ । शनिबार रातिको खेलमा चेल्सीमाथि १–० को जित निकाल्दै सिटीले उपाधि भिडन्त पक्का गरेको हो ।

सिटीको जितमा बर्नार्डो सिल्भाले खेलको ८४औं मिनेटमा गरेको गोल नै निर्णायक बन्यो । केभिन डी ब्रुइनले बक्स भित्रबाट नै गरेको क्रस चेल्सी गोलरक्षक जोर्डजे पेट्रोभिचले क्लियर गर्न खोजेपछि सिल्भाको खुट्टामा पुगेको थियो ।

सिल्भाको प्रहार सहजै गोलमा परिणत भएको थियो । सिटीले आज हुने म्यानचेस्टर युनाइटेड र कोभेन्ट्री सिटीबीचको विजेतासँग फाइनल खेल्नेछ । गत संस्करणको फाइनलमा सिटीले युनाइटेडलाई २९१ ले हराउँदै उपाधि जितेको थियो ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *