काठमाडौँ, ९ बैशाख–अमेरिकन लिग सकर अन्तर्गत इन्टर मियामीले नाशभिलेलाई पराजित गरेको छ ।

आइतबार बिहान सम्पन्न खेलमा इन्टर मियामीले नाशभिलेलाई ३–१ गोल अन्तरले पराजित गरेको हो ।

इन्टर मियामीको जितमा लियोनेल मेस्सीले २ गोल गरेका थिए भने सर्जियो बुस्केटले एक गोल गरेका थिए ।

त्यस्तै नाशभिलेका लागि एक गोल इन्टर मियामीकै फ्रान्को नेग्रीले आत्मघाती गोल गरेका थिए । यो जितपछि इन्टर मियामीको १० खेलमा १८ अंक भएको छ र शिर्ष स्थानमा कायम छ ।

त्यसैगरी नाशभिलेको भने ८ खेलमा ७ अंक रहेको छ र लिगमा १४औं स्थानमा छ ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *