चुलाचुली (इलाम), १२ बैशाख–नेकपा (एकीकृत समाजवादी) की केन्द्रीय उउपाध्यक्ष तथा राष्ट्रिय सभाकी पूर्व माननीय जयन्ती राईले १५ गते हुने इलाम–२ मा उपनिर्वाचनमा बिबेकपूर्ण मतदान गर्न मतदाताहरुलाई आग्रह गरेकी छन् ।

आज (बुधबार) चुलाचुली गाउँपालिकाको पेल्टिमारीस्थित देउराली चौकमा आयोजित चुनावी कोणसभालाई सम्बोधन गर्दै पार्टी उपाध्यक्ष राईले पटक–पटक एमालेलाई जिताएर पठाएको प्रतिनिधिले चुलाचुलीवासीहरुको भाग्य र भविश्यप्रति खेलवाड गरेको बताइन् ।

नेत्री राईले इलामेली नागरिकहरु आफ्ना गाउँ ठाउँका अनेकौ समस्याहरुलाई पोको बाँधेर जिताएर पठाएको प्रनिनिधिलाई राख्न चाहान्थे तर कहिल्यै सुनाउन नपाएको जनाइन् । जनताले भोट दिएर जिताएर पठाएको प्रतिनिधिले चुनवी कार्यक्रमपछि गाउँ नर्फिएको कारण यस्तो समस्या हुने गरेको नेत्री राईले प्रष्ट पारिन् ।

नेत्री राईका अनुसार इलामेली मतदाताहरुलाई यस पटक बिवेकपू्रर्ण मतदान गर्न सके इलाम–२ का समग्र विकासले नयाँ गति लिने छ । चुलाचुलीवासीहरु अहिलेसम्म जिल्लास्थित प्रशासनिक सेवाका लागि छिमेकी जिल्लाको भू–भागहुँदै आवत–जावत गर्नुपर्ने अवस्था छ, राईले भनिन्–यस्तो किन भइरहेको छ । यतिको लामोसमयदेखि सत्तामा पुग्ने तर उपलब्धीको दृष्ट्रिकोणले केही नहुनु, चुलाचुलीवासीहरुले बुझ्न जरुरी छ ।

राईले चुलाचुलीवासीहरु महमाईहुँदै जिल्ला सदरमुकाम पुग्न सहजताका लागि उक्त सडकको निर्माणकार्य सुचारु गरिनुपर्ने र ्रत्यसलाई उच्च प्राथमिकतामा राख्न आवश्यक रहेको बताईन् । त्यस्तैं, चुलाचुलीको खेती योग्य जमिनलाई सिचाईको प्रवन्ध गर्न, त्यहाँ कृषि उत्पादनमुखी लगानी, अवसर, चुलाचुलीमा प्राविििधकसहितको उच्च शिक्षाको व्यवस्था, स्वास्थ्य र सुरक्षा लगायतको विषयमा उम्मेद्वार जिम्मेवारी हुनुपर्ने भएकोले मतदाताहरुले असल र सरल जनप्रतिनिधि छनौटका लागि इलाम–२ उपनिर्वाचनमा कमल चिन्ह्रलाई मतदान गर्न

इलाम–२ का मतदाताहले चलाखीपूर्ण मतदान गर्न जोड दिइन् ।

कार्यक्रममा एकीकृत समाजवादी पार्टीका सचिव तथा कोशी प्रदेशका पूर्व मुख्यमन्त्रि राजेन्द्रकुमार राई, सूर्योदय नगरपालिकाका प्रमुख तथा नेकपा (एकीकृत समाजवादी) का नेता इन्द्रबहादुर राईले उप निर्वाचनमा एकीकृत समाजवादीबाट इलाम–२ को उपनिर्वााचनमा कलम चिन्द्र अंकित उम्मेदवार जीतबहादुर राईलाई मतदान गरेर बिजय गराउन आग्रह गरेका थिए ।

सो अवसरमा पोलिटव्यूरो सदस्य भाष्कर काफ्ले, केन्द्रीय सदस्य तथा झापा इन्चार्ज पुष्प पोख्रेल, केन्द्रीय सदस्य निलमणी बराल, झापा बेदराज रेग्मी, झापा सचिव विपी भट्टराई लगायतको उपस्थिति थियो ।

चुनाव प्रचारप्रसार समितिका संयोजक समेत रहनुभएका चुलाचुली गाउँ कमिटीका अध्यक्ष नारायण लावोतीको अध्यक्षतामा भएको कार्यक्रममा केन्द्रीय परिषद सदस्य मिसन चाम्लिङ राईसहित झापाको बिर्तामाड, अर्जुनधारा, भद्रपुर, शिबसताक्षी, कमल, दमकका पार्टीका नेताहरुको उपस्थिति थियो ।

सो क्रममा चुलाचुलीको कमलबाट सुरु भएको मोटरसाइकल र्यालीले वडा नं १ देखि वडा न ६ को तोरीबारीसम्म परिक्रमा गर्नुका साथै कोणसभा सम्पन्न गरेको थियो ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *