काठमाडौं, १३ बैशाख–नेपालका पहिलो कम्युनिष्ट प्रधानमन्त्री एवं नेकपा एमालेका पूर्व अध्यक्ष मनमोहन अधिकारीको आज २५औं स्मृति दिवस मनाइँदैछ।

पूर्वअध्यक्ष अधिकारीको स्मृतिमा एमालेले आज विभिन्न कार्यक्रम गर्दै छ। अधिकारीको २०५६ सालको वैशाख १३ गते निधन भएको थियो। अधिकारी २०५१ सालमा देशको पहिलो कम्युनिष्ट प्रधानमन्त्री बनेका थिए।

अधिकारीपछि ६ जना कम्युनिष्ट नेताले सरकारको नेतृत्व गरिसकेका छन्। तर अधिकारी नेतृत्वको ९ महिने सरकारले गरेका कामको बढी चर्चा हुने गरेको छ। अधिकारी नेतृत्वको सरकारले बृद्ध भत्ता वितरण गर्न सुरु गरेको थियो आफ्नो गाउँ आफैं बनाऔं कार्यक्रम पनि त्यहि सरकारले ल्याएको हो। १०० बाट सुरु भएको बृद्ध भत्ता अहिले चार हजार रूपैयाँ पुगेको छ।

नेपालको कम्युनिष्ट तथा लोकतान्त्रिक आन्दोलनको पहिलो पुस्ताका व्यक्तित्व मनमोहनको जन्म १९७८ सालमा काठमाडौंमा भएको थियो।

अंग्रेजविरूद्धको भारतीय स्वतन्त्रता संग्राममा समेत भाग लिएका अधिकारीले २००३ सालमा विराटनगरमा भएको ऐतिहासिक मजदुर आन्दोलनको नेतृत्व गरेका थिए।

उनको स्मृति दिवसमा एमाले अध्यक्ष केपी शर्मा ओलीले श्रद्धान्जली व्यक्त गरेका छन्।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *