काठमाडौं, २३ बैशाख–स्पेनिस ला लिगाको उपाधि रियल म्याड्रिडले जितेको छ । लिगमा बाँकी चार खेल अगाबै रियलले कीर्तिमानी ३६औं पल्ट स्पेनी ला लिगाको उपाधि जितेको हो ।
शनिबार राती जिरोनाले बार्सिलोनालाई ४–२ ले हराएपछि रियलले ३६ औँ पटक उपाधीमाथि कब्जा जमाएको हो । यो पटक ८७ अंक सहित रियलले उपाधीमाथि कब्जा जमाएको हो ।
शनिबार भएको खेलमा रियलले काडिजलाई ३–० ले हराएको थियो तर उसलाई लिगको उपाधिको लागि वार्सिलोनाको हार आवश्यक थियो र त्यसै भयो ।
ला लिगामा रियलपछि सबैभन्दा वार्सिलोनाले २७ पटक लिगको उपाधि जितेको छ ।
