काठमाडौं, २३ बैशाख–स्टार फरवार्ड एरलिङ हालान्डको चार गोल सँगै लगातार चौथो पटक इंग्लिस प्रिमियर लिग उपाधि आकांक्षी म्यानचेस्टर सिटीले सानदार जित दर्ता गरेको छ। घरेलु मैदानमा भएको खेलमा सिटीले उल्भस माथि ५९(१ को फराकिलो जीत दर्ता गरेको हो।

जित सँग ३५ खेलमा ८२ अंक भएको सिटी दोस्रो स्थानमा छ। पहिलो स्थानमा रहेको र एक खेल बढी खेलेको आर्सनलको ८३ अंक छ। बाँकी रहेको सबै खेलमा जित हासिल गर्ने हो भने सिटीले लगातार चौथो पटक लिग उपाधि उचाल्ने छ।

गएराति नै भएको खेलमा शीर्ष स्थानमा रहेको टोली आर्सनलले बर्नमाउथलाई ३(० ले हरायो।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *