झिलझिले, २३ बैशाख–झापाको शिवसताक्षी नगर खेलकुद बिकास समितिले आसन्न मेयर कपलाई लक्षित गरेर फुट्बल बितरण गरेको छ । समितिले मेयर कपलाई लक्षित गरेर केहिदिन अघिबाट वडागत रुपमा २–२ थान फुट्बल बितरण गरिरहेको छ ।

नगर खेलकुद बिकास समितिले नगरको ११ वटै वडा खेलकुद समितिका पदधिकारीहरुलाई उक्त फुटबल आसन्न मेयर कपलाई लक्षित गरेर बितरण गरिएको नगर खेलकुद बिकास समितिका अध्यक्ष सुरज रिङ्गगालुङ्ग राईले बताउनुभयो । अध्यक्ष राईका अनुसार मेयर कप आगमी बैशाख ३० गतेबाट सुचारु हुने तय भएको छ ।

सोहि अनुसार आज (आइतबार) नगर खेलकुद बिकास समितिका अध्यक्ष सुरज रिङ्गगालुङ्ग राईले शिबसताक्षी–७ फाक्तेप फुट्बल क्लबलाई २ थान फुट्बल क्लबका अध्यक्ष बमप्रसाद चेम्जोङ्ग लगायतको टिमलाई हस्तान्तरण गर्नु भएको छ ।

फाक्तेप फुटबल क्लब तथा वडाका प्रतिभावान खेलाडीहरुलाई प्रशिक्षण गर्न सहज होस भन्ने हेतुले नै खेल सामग्री प्रदान गरिएको अध्यक्ष रिङ्गालुङ्गको भनाई छ ।

त्यसैगरि, क्लबलाई शिवसताक्षीका भेट्रान खेलाडी पेमा लामाले पनि १ थान फुटबल दिनुभएको बताइएको छ । लामा फर्निचर व्यवसायी समेत हुन् ।

आसन्न मेयर कपमा फुटबल, क्रीकेट, भलिबल, ब्याट्मिन्ट्न लगायतको वडा स्तरीय खेल हुने बताइएको छ । मेयरकपको बिषयमा बिस्तृत विवरण केहिदिनपछि पत्रकार सम्मेलन गरेर जानकारी गराइने समेत बताइएको छ ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *