काठमाण्डौं, २४ बैशाख–उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपालबाट छुट्टिएर बनेको अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीलाई निर्वाचन आयोगले मान्यता दिएको छ।

आयोगका सहायक प्रवक्ता रामदत्त पाण्डेयले नयाँ दललाई दर्ता गर्ने निर्णय भएको सेतोपाटीलाई जानकारी दिए। यो पनिस् उपेन्द्र यादवबाट छुट्टिएर अशोक राई नेतृत्वमा गठन भएको पार्टीका यी हुन् पदाधिकारी

राईसहित प्रतिनिधि सभाका ७ जना सांसदहरूले नयाँ दर्ताका लागि आइतबार आयोगमा निवेदन दिएका थिए।

सहायक प्रवक्ता पाण्डेयका अनुसार राजनीतिक दलसम्बन्धी ऐन २०७३, राजनीतिक दलसम्बन्धी नियमावली २०७४ र प्रचलित संघीय कानून बमोजिमका कानूनी प्रावधान पालना गर्ने सर्तमा उक्त दल दर्ता गरिएको हो।

‘राजनीतिक दलसम्बन्धी ऐनको दफा ३३ र नियमावलीको नियम ५ बमोजिम जनता समाजवादी पार्टी ९जनता समाजवादी० नामक राजनीतिक दल दर्ता गरी आयोगको दल दर्ता किताबमा अभिलेखीकरण गर्ने निर्णय भएको छ,’ उनले भने।

आयोगले यो अभिलेखको विवरण संघीय संसद सचिवालय, सबै प्रदेश तथा जिल्ला निर्वाचन कार्यालय र उपेन्द्र यादव नेतृत्वको जसपा नेपाललाई पनि पठाउने निर्णय गरेको उनले जानकारी दिए।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *