हिक्मत कार्की

विराटनगर, २७ बैशाख–कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पद तथा गोपनीयताको सपथ ग्रहण गर्नुभएको छ ।

नेपालको संविधानको धारा १६८ को उपधारा (५) बमोजिम आज (बिहिबार) मुख्यमन्त्रीमा नियुक्त उहाँले कोशी प्रदेश प्रमुख पुरशुराम खापुङ्गसमक्ष पद तथा गोपनीयताको सपथ ग्रहण गर्नुभएको छ ।

त्यसैगरी, आजै मन्त्रिपरिषद् समेत गठन गरिएको छ । मुख्यमन्त्री कार्कीको सिफारिसमा गणेशप्रसाद उप्रेती र रामबहादुर मगरलाई विनाविभागीय मन्त्रीमा नियुक्त गरिएको छ ।

नवनियुक्त मन्त्रीलाई समेत नेपालको संविधानको धारा १६८ को उपधारा (९) बमोजिम प्रदेश प्रमुख खापुङले पद तथा गोपनीयताको सपथ गराउनुभएको प्रदेश प्रमुखको सचिवालयले जनाएको छ ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *