बिर्तामोड, २७ बैशाख–झापाको बिर्तामोडमा आयोजित कार्यक्रमका सहभागी पत्रकारहरुले इतिहासका धरोहरलाई सधै सम्मान गर्नु पर्नेमा जोड दिएका छन् । ‘झापाको पत्रकारिता आरम्भदेखि-२०४०’ पुस्तकको विहीवार परिचर्चा गर्दै सहभागी पत्रकारले अघिल्लो पुस्ताको योगदानको जगमा टेकेर नयाँ पुस्तालाई डोहोर्याउने दायित्वपनि रहेको बताएका छन् ।

नेपाल पत्रकार महासंघ झापा शाखाले काठमाण्डौंमा लोकापर्ण गरेको उत्त, पुस्तकमा ३० को दशकको अन्त्यसम्म क्रियाशील रहेका अग्रज पत्रकारहरुको संस्करणात्कम जीवनी समेटिएको छ । पुस्तकमा २६ जना पत्रकारहरुको अन्तरवोध खण्ड, १३ जना पत्रकारको संस्मरण र आठ वटा अभिलेख खण्ड समेटिएका छन् ।

गोपाल गिरी र राजवावु शंकरले सम्पादन गरेको पुस्तकको परिचर्चा कार्यक्रममा नेपाल पत्रकार महासंघका संस्थापक महासचिव चन्द्र भण्डारी, शाखाका पूर्व अध्यक्ष चिन्तामणि दाहाल, अग्रज पत्रकार तथा साहित्यकार चुणामणि रेग्मी, नेपाल पत्रकार महासंघ कोशी प्रदेशका कोषाध्यक्ष विमल लामिछाने, झापा शाखाका पूर्ब सचिव सन्तोष आचार्यले झापा शाखाको यो कार्यकाल निक्कै उपलब्धिमुलक ,र प्रभावकारी भएको बताएका थिए ।

जिल्ला अदालत झापाका न्यायाधिश अशोक कुमार बस्नेतको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा चुणामणि रेग्मीलाई दीर्घसेवी सम्मान प्रदान गरिएको थियो । पत्रकार महासंघ झापाले ६५ वर्ष उमेर पूरा भएका अग्रज पत्रकारलाई यसैबर्षदेखि औषधि उपचार खर्च सहित दीर्घसेवी सम्मान प्रदान गर्न थालेको हो ।

यस अघि शाखाको १४औं अधिवेशनमा अन्य अग्रज पत्रकारहरुलाई यो सम्मान प्रदान गरिएको थियो ।नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरीको अध्यक्षतामा भएको कार्यक्रममा शाखाका उपाध्यक्ष केशव भट्टराईले स्वागत र सचिव डिकेश लामाले सञ्चालन गरेका थिए ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *