पोखरा, २७ बैशाख–पोखरामा सामुहिक बलात्कारको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरी कारवाही प्रक्रिया अघि बढाएको छ । कास्की प्रहरीले पक्राउ गरेका उनीहरुले पोखरा–१०,अमरसिंह चोकमा भेटिएकी एक महिलालाई फकाएर खाजा खान जाऊँ भन्दै अमरसिंह चोककै खेलकुद मैदानमा रहेको ग १ ख ६५९५ नम्बरको बसमा पुर्‍याएका थिए ।

बसमा पुर्‍याएपछि उनीहरुले ती महिलालाई बियर खुवाएको र सामुहिक बलात्कार गरेको प्रहरीको भनाइ छ । प्रहरील् घटना वैशाख २४ गते रातिको भएको जानकारी दिएको छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीका डीएसपी वसन्तकुमार शर्माका अनुसार प्रहरीले घटनामा संलग्न कास्कीको मादी गाउँपालिका–९ स्थायी घर भइ हाल अमरसिंह चोक बस्ने ३६ वर्षीय चन्द्रबहादुर थापा, मादी–१२, भगवतीटार घर भएका ३८ वर्षीय कृष्ण रानाभाट र सोही ठाउँका २९ वर्षीय विनोद परियारलाई पक्राउ गरेको छ ।

उनीहरुलाई २५ गते बिहान ४ बजेतिर वडा प्रहरी कार्यालय रामबजारको प्रहरी टोलीले पक्राउ गरेको हो । उनीहरूविरुद्ध सामूहिक बलात्कारको मुद्दाअन्तर्गत कारवाही अगाडि बढाइएको डीएसपी शर्माले जानकारी दिएका छन् ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *