दमक, २८ बैशाख–झापाको कमल गाउँपालिका वडा नंम्बर ५ पाडाजुङ्गीस्थित मंगलमय माध्यमिक विद्यालयमा अध्ययनरत ३० जना सुस्तश्रवण विद्यार्थीहरुलाई स्कुल ब्याग बितरण गरिएको छ । तीन वर्षअघि दिवगंत हुनुभएकी कमल ७ गेउरियास्थित गौमाया केरुङको स्मृतिमा परिवारजनले एक कार्यक्रमबीच मंगलमय माध्यमिक विद्यालयका सुस्तश्रवण विद्यार्थीहरुलाई स्कुल ब्याग बितरण गरिएको हो ।

स्वर्गीय गौमाया केरुङ्गकी कान्छी छोरी चेसुङ केरुङ आङदम्बे र ज्वाई बिष्णु सुब्बा आङदम्बेसहित साइली छोरा–बुहारी ड्रम्बरकुमारी केरुङको उपस्थितिमा ३० जना सुस्तश्रवण भएका विद्यार्र्थीहरुलाई स्कुल ब्याग बितरण गरिएको हो ।

ब्याग बितरण कार्यक्रममा विद्यालयका प्रधानध्यापक मोहन प्रसाद बगाले, निमित्त प्रधानाध्यापक डम्बरु प्रसाद पोख्रेल, पूर्व प्रअ ओमप्रसाद खनाल, पत्रकारद्धय गिरीराज भट्टराई , निलदेव राई लगायतले हस्तान्तरण गरेका थिए ।

कमल ७ निवासी सामाजसेवी गणेशप्रसाद केरुङ्गका श्रीमती गौमायाको २०७८ बैशाख २८ गते ७६ बर्षको उमेरमा निधन भएको थियो । स्व। केरुङ्गका छोराहरु भिमराज, आइत, मोहन, ओमप्रकाश र विरु छन् भने छोरीहरु शान्ता र कान्छी चेसुङ्ग छन् ।

विद्यालयमा विशेष कक्षामा हाल ३० जना विद्यार्थीहरु आवासीयसहित अध्ययनरत छन् । स्कूल व्याग हस्तान्तरणका क्रममा दाता परिवारले दिवंगत आमा गौमायाको स्मृतिमा बर्सेनी यस किसिमको सामाजिक कार्यहरु गरिआएको बताए ।

गतवर्ष भने केरुङ्ग पविारले दमक-९ को दमक बाल आश्रम, दमक-४ को रत्नज्येष्ठ नागरिक बृद्धाश्रमसहित दुई जना असहाय रोगीलाई नगद तथा सहयोगी सामाग्रीहरु वितरण गरिएको थियो ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *