काठमाडौँ, २८ बैशाख–नेकपा (एकीकृत समाजवादी) दोलखा(काठमाडौँ सम्पर्क कमिटीद्वारा प्रकाशित ‘स्मृतिमा क.पशुपति चौलागाईं’ नामक स्मारिका विमोचन गरिएको छ।

शुक्रबार पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले स्व।पशुपति चौलागाईंको तेस्रो स्मृतिमा प्रकाशित उक्त स्मारिका विमोचन गर्नु भएको हो।

अध्यक्ष नेपालले स्व.पशुपति चौलागाईं आफूले भर गरेको नेता मध्येको एक व्यक्ति भएको बताउनु भयो। उहाँले भन्नुभयो, ‘पशुपति एक प्रभावशाली नेता हुनुहुन्थ्यो। मैले भर गरेको नेता हुनुहुन्थ्यो। उहाँको बारेमा विभिन्न व्यक्तिका लेखहरू समेटेर निक्कै महत्वपूर्ण स्मारिका प्रकाशन गर्नु भएको छ। यसका निम्ति सम्पर्क कमिटीलाई धन्यवाद दिन चाहान्छु। साथै परिवारका सदस्यहरूलाई धैर्य रहन अनुरोध गर्दछु। तपाईंहरूको संघर्षमा पार्टीको साथ रहनृछ।’

मञ्चका अध्यक्ष विकल श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पार्टीका स्थायी कमिटी सदस्य तथा निर्वाचन आयोग प्रमुख माधव पौडेल, सावित्रा भुसाल, पोलिटब्यूरो सदस्य तथा दोलख इन्चार्ज शिवप्रसाद भण्डारी, केन्द्रीय सदस्य तथा सहइन्चार्ज गोपाल न्यौपाने माओवादी केन्द्री केन्द्रीय सदस्य तथा प्रतिनिधि सभा सदस्य गंगा कार्की, एकीकृत समाजवादीका केन्द्रीय सदस्य तथा नेपाल जनजाती महासंघ समाजवादीका इन्चार्ज तथा अध्यक्ष पासाङ सेर्पा, दोलखा जिल्ला कमिटी अध्यक्ष भीम दहाल, राष्ट्रियसभा सदस्य घनश्याम रिजाल ‘विश्वकर्मा’दोलखा(काठमाडौँ सम्पर्क मञ्का पूर्व अध्यक्ष हरिहरी कार्की, रामसरण खाँती, त्यस्तै पत्रकार सरोज दाहाल, स्वं चौलागाईंका छोरा सुमन चौलागाईं लगायतले मन्तव्य राख्नु भएको थियो।

कार्यक्रममा स्व।नेता पशुपतिको राजनीतिक व्यक्तित्वमाथि केन्द्रीत रहेर वक्ताहरूले आफ्ना कुराहरू राख्नु भएको थियो।

कार्यक्रममा एकीकृत समाजवादीका केन्द्रीय सदस्य हस्त शाही, चुनु केसी, एकीकृत समाजवादीबागमती प्रदेश कमिटी सचिवालय सदस्य बाबुकाजी कार्की, सदस्यहरू सोमप्रसाद शर्मा, कुमारराज शर्मा, जिल्ला कमिटी दोलखाकी उपाध्यक्ष अशोक दहाल, संगीता पाख्रीन, अनेमसंघ समाजवादीका केन्द्रीय सदस्य तारा तामाङ विभिन्न जनवर्गीय संगठनका नेताहरूको उपस्थिरहेको थियो।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *