काठमाडौं, १३ भदौंं–भारतमा पछिल्लो २४ घण्टामा अहिलेसम्मकै धेरै ७७ हजार २६६ कोरोना संक्रमित थपिएका छन् । अघिल्लो २४ घण्टामा भारतमा ७५ हजार ७६० संक्रमित थपिएका थिए ।

भारतमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ६१ हजार ५२९ पुगेको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।

भारतमा पछिल्लो २४ घण्टामा १ हजार ५७ कोरोना संक्रमितको मृत्यु भएको विश्व स्वास्थ्य संगठनको तथ्यांकमा उल्लेख छ ।

तीव्र गतिमा कोरोना संक्रमण फैलिरहेको भारतमा हालसम्म संक्रमितको संख्या ३३ लाख ८७ हजार ५०० पुगेको छ ।

भारत विश्वमा धेरै कोरोना संक्रमित हुने देशको सूचिमा अमेरिका र ब्राजिलपछि तेस्रो स्थानमा छ ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *