दमक, १३ भदौ–दमकका १६ सहित प्रदेश १ मा आज १ सय १२ जना कोरोना संक्रमित थपिएका छन् । सामाजिक विकास मन्त्रालयका अनुसार संक्रमित थपिनेहरुमा झापामा १९ जना, मोरङमा ४७, सुनसरीमा २४, धनकुटामा १९ जना, संखुवासभामा २ र प्रदेश १ बाहिरका १ जना रहेका छन् ।
झापाको दमकमा ७ महिला ९ पुरुष, झापा गाउँपालिकामा १ महिला २ पुरुष, विराटनगरमा १० जना महिला र ११ जना पुरुष गरि २१ जनामा संक्रमण देखिएको छ । मोरङको कटहरीमा ६ महिला ९ पुरुष, पथरीशनिश्चरेमा ७ पुरुष, सुन्दरहरैचामा १ महिला १ पुरुष, बेलबारी र सुनबर्षीमा १-१ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ ।
यस्तै, सुनसरीको इटहरीमा २ महिला ७ पुरुष, दुहवीमा ३ महिला ६ पुरुष, धरानमा २ महिला ४ पुरुष, धनकुटाको धनकुटा नगरपालिकामा १ महिला १८ पुरुष, संखुवासभाको खाँदबारीमा २ पुरुष र प्रदेश १ बाहिरकी एक महिलामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ । प्रदेश १ मा कोरोना संक्रमितको संख्या ३ हजार २१६ पुगेको छ ।
प्रदेश १ मा आज ९ जना डिस्चार्ज भएका छन् । झापा मेचीनगरको धाईजन आईसोलेसन केन्द्रबाट ९ जना डिस्चार्ज भएका हुन । प्रदेश १ मा डिस्चार्ज हुनेको संख्या १ हजार ५२५ पुगेको छ । प्रदेश १ मा आज १ हजार २२० जनाको पिसिआर परीक्षण गरिएको छ ।
परीक्षण गरिएका मध्ये ३४ महिला र ७८ पुरुषको रिपोर्ट पोजेटिभ आएको हो । हालसम्म ८६ हजार ४२२ जनाको पिसिआर परीक्षण गरिएको छ ।
