झापा, १३ भदौ–नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणबाट थप १२ जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार तीन महिला र ९ जना पुरुषको कोरोनाबाट मृत्यु भएको हो।

पाल्पामा ३० वर्षीया महिला, काठमाडौँ ५१ वर्षीय महिला र ८३ वर्षीय पुरुष, भक्तपुरमा ६२ वर्षीया महिला र ८२ वर्षीय पुरुष, पर्सामा ४८ र ३९ वर्षीय दुई पुरुष, सिरहामा ८४ वर्षीय पुरुष, गोरखामा ३८ वर्षीय पुरुष, कास्कीमा ५८ वर्षीय पुरुष तथा ललितपुरमा ७२ र ६१ वर्षीय दुई पुरुषको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको मन्त्रालयले जनाएको छ।

यससँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या २०७ पुगेको छ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *