काठमाडौं, १३ भदौं–फुटवल खेलिरहेका बेला चट्याङ लाग्दा युगान्डामा १० बालबालिकाको मृत्यु भएको छ ।

अरुआ शहरमा भारी वर्षा भइरहँदा बालबालिका फुटबल खेलिरहेका थिए । पानी परिरहेकै समयमा फुटबल खेलिरहेका बालबालिकामाथि चट्याङ परेको बीबीसीले जनाएको छ ।

१३ देखि १५ वर्षका बालबालिकाहरुको मृत्यु भएको जनाइएको छ । ९ जनाको घटनास्थलमै मृत्यु भएको थियो भने अर्का एकको अस्पताल लैजाँदै गर्दा मृत्यु भएको थियो । घाइते ३ जनाको भने यतिबेला उपचार भइरहेको छ । एजेन्सी

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *