काठमाडौं, १३ जेठ–पत्रकार कृष्ण सेन ‘इच्छुक’ स्मृति दिवस मनाइँदैछ। प्रेस सेन्टर नेपालले केन्द्र, प्रदेश र जिल्ला शाखाले प्रभातफेरी, अन्तरक्रिया, पत्रकार सम्मान लगायतका कार्यक्रम गरी जनपक्षीय पत्रकार र प्रगतिशील साहित्यकार सेनको स्मृति दिवस मनाउन लागेको हो।
प्रेस सेन्टर नेपालका महासचिव सन्तोष पौडेलका अनुसार केन्द्रको आयोजनामा पत्रकार तथा प्रगतिशील साहित्यकार कृष्ण सेन ‘इच्छुक’ स्मृति दिवसको अवसरमा काठमाडौं बबरमहलबाट प्रभातफेरी निकालिएको छ ।
जनादेश साप्ताहिकका सम्पादक रहेका उनलाई जेठ ७ गते काठमाडौंबाट पक्राउ गरिएको थियो। गिरफ्तारीपश्चात् महेन्द्र पुलिस क्लबमा हिरासतमा चरम यातना दिँदा २०५९ जेठ १३ गते उनको मृत्यु भएको थियो।
