नयाँदिल्ली (एजेन्सी), १३ जेठ–भारतको राजधानी दिल्लीस्थित एक बाल अस्पतालमा आगलागी हुँदा ७ जना नवजात शिशुको मृत्यु भएको छ ।

शनिबार राति पूर्वी दिल्लीको विवेक बिहारस्थित एक बेबी केयर सेन्टरमा आगलागी भएको भारतका सञ्चारमाध्यमहरूले जनाएका छन् ।

त्यस्तै, आगलागीमा परेर घाइते भएका ५ जना नवजात शिशुको अहिले भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ । १२ जना नवजात शिशुको भने सकुशल उद्धार गरिएको छ ।

कुनै निजी बस्तीको क्षेत्रबाट आगो उठेको बताइएको छ । आगलागीको कारण अहिलेसम्म नखुलेको अधिकारीहरूले जनाएका छन् ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *