काठमाडौं, १४ भदौं–पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान ललितपुरमा थप एक २९ वर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ।
ललितपुर निवासी उनमा संक्रमण देखिएपछि साउन २८ गतेदेखि पाटन अस्पताल भर्ना भएका थिए। शनिबार राति १० बजे मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ।
