धरमपुर, १५ जेठ–नेपाली फुटबलको विकासका निम्ति सर्वोच्व निकाय अखिल नेपाल फुटबल संघ (एन्फा) ले उमेर समुह अन्र्तगत यु–१३ मा शिबसताक्षी नगरका दुई खेलाडीहरु छनौट भएका छन् ।

एन्फा एकाडेमीले फुटबलको विकासका निम्ति देशभरीबाट छनौट गरेका खेलाडीहरु मध्ये शिबसताक्षी–७ का आयुष भट्टराई र शिबसताक्षी–१० का रुप्तिहाङ्ग लिङदेन छन् ।

आज (मंगलबार) शिबसताक्षी–ब्याङडाँडास्थित नगरपालिकाको कार्यालयमा एक कार्यक्रमबीच शिबसताक्षीका यु–१३ का दुई खेलाडीहरुलाई नगद रु ५ हजारसहित सम्मान तथा बिदाई गरिएको छ । नगर खेलकुद विकास समितिका अध्यक्ष सुरजरिङगालुङ राईका अनुसार नगरपालिकाको कार्यालयमा आयोजना गरिएको कार्यक्रममा दुबै खेलाडीलाई नगद रु ५/५ हजारसहित सम्मान–पत्र प्रदान गरि बिदाई गरिएको हो ।

सो क्रममा नगर खेलकुद विकास समितिका अध्यक्ष एन्फ एकाडेमीले छनौट गरेर शिबसताक्षीका दुई खेलाडीले सुनौलो अवसर पाएकोमा खुशी व्यक्त गर्नुभयो । सो क्रममा अध्यक्ष रिङगालुङले खेलाडीहरुको खेल जीवनको शुभेच्छासहित उज्वल भबिश्यको कामना गर्नुभएको थियो ।

एन्फा एकाडेमीमा छनौटमा परेका खेलाडीहरुले महिनाको ८ हजारसहित दुई खेलाडीको १६ हजारसहित चार वर्षका लागि नगर खेलकुद विकास समितिको पहलमा नगरपालिकाले उपलब्ध गराउने अध्यक्ष सुरज रिङगालुङ राईले जानकारी दिनुभयो ।

सम्मान तथा बिदाई कार्यक्रममा खेलकुद विकास समितिका अध्यक्ष रिङगालुङले हालै सम्पन्न मेयर कपको चर्चा गर्नुभयो । मेयर कप सफलताका साथ सम्पन्न गर्न सहयोग गर्ने खेलाडीहरु, खेल क्षेत्रसंग सम्बन्धित संघसंस्थाका प्रतिनिधिहरु, स्वयमसेवकहरु, स्थानीय वडा अध्यक्ष तथा जनप्रतिनिधिहरु, उद्यमी, व्यवसायीहरु, कर्मचारीहरु, दर्शक तथा खेल शुभेच्छुकहरुप्रति आभार तथा कृतज्ञाता व्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा नगर प्रमुख रोशन थोप्रा लगायत नगरका कर्मचारीहरु, खेल क्षेत्रसंग सम्बन्धित संघसंस्थाका प्रतिनिधिहरु र खेलाडीहरुको उपस्थिति थियो ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *