साँङ्केतिक तस्विर

काठमाडौं, १६ जेठ–सरकारले यो वर्ष पनि धुम्रपान तथा मध्यपान पदार्थमा कर बढाएको छ। मंगलबार प्रस्तुत गरिएको बजेट भाषणको क्रममा अर्थमन्त्री वर्षमान पुनले कर बढ्ने बताएका हुन्।

जसअन्तर्गत मदिरा, बियर, सुर्तीमा अन्तःशुल्क बढाइएको छ। त्यस्तै चुरोटमा लगाइएको अन्तःशुल्क दरमा वृद्धि गरिएको उल्लेख छ।

बियरमा हाल १ लिटर बराबर २३५ रूपैयाँ अन्तःशुल्क लाग्दै आएकोमा २४० रूपैयाँ पुर्‍याइएको छ।

बियर बाहेकको अल्कोहलमा हाल ४४४ रूपैयाँ अन्तःशुल्क लागेकोमा ४६० पुर्‍याइएको छ। यस्तै चुरोटको अन्तस्शुल्क ४ प्रतिशत बढाइएको छ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *