काठमाडौं, १६ जेठ–आज मे २९ अर्थात् अन्तराष्ट्रिय सगरमाथा दिवस। ७१ वर्षअघि सगरमाथाको शिखरमा मानव पाइला पुगेको सम्झनामा यो दिनलाई सगरमाथा दिवसको रुपमा मनाइन्छ।

नेपाल सरकारले सन् २००८ देखि मे २९ लाई अन्तर्राष्ट्रिय रुपमै यो दिवस मनाउन निर्णय गरेको थियो। यस वर्ष सरकारले ‘विश्वको सर्वोच्च शिखर सगरमाथाः नेपालको पहिचान र गौरव भन्ने नाराका साथ दिवस मनाउन लागेको छ।

सन् १९५३ मा नेपालका तेञ्जिङ नोर्गे शेर्पा र न्युजिल्याण्डका सर एडमण्ड हिलारीले पहिलोपटक सगरमाथा आरोहण गरेका थिए। त्यसपछि सुरु भएको आरोहणमा पछिल्ला दुई दशकमा निकै आकर्षण बढेको छ। कोरोना महामारीले ठप्प बनेको हिमाल आरोहणमा त्यसयता नेपाली र विदेशीको आकर्षक गन्तव्य बनेको छ।

पर्वतीय पर्यटनको क्षेत्रमा काम गर्नेहरुले यो दिनलाई विशेष मान्छन्। सगरमाथाले नेपाललाई विश्वमाझ चिनाइरहेको छ। त्यस्तै आज मानिस र सगरमाथाबिचको सामिप्यता बढाउने दिन हो।

पछिल्लो पटक कामिरिता शेर्पाले सगरमाथाको ३०औँ पटक आरोहण गरी विश्व कीर्तिमान कायम गरेका छन्।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *