पशुपतिनाथ

काठमाडौं, १६ जेठ–आउँदो असार १ गतेदेखि पशुपतिनाथका चार वटै ढोका बिहान ४ बजे नै खोलिने भएका छन् ।

पशुपतिनाथ दर्शन गर्ने दशनार्थीको संख्या बढ्दै गएको र सबैले बिहानको समयमा पशुपतिनाथका चारवटै ढोकाबाट दर्शन गर्न पाउन भन्ने उद्देश्यका साथ असार १ गतेदेखि पशुपतिनाथको चारवटै ढोका खोलिने पशुपति क्षेत्र विकास कोषका प्रवक्ता रेवतीरमण अधिकारीले जानकारी दिए ।

‘आउँदो असार १ गतेदेखि पशुपतिनाथको चारवटै ढोका बिहान ४ बजे खोलिने छ’, उनले भने ।

यसअघि महाशिवरात्री, हरितालिका तीज र बालाचतुर्दशीका दिन मात्रै पशुपतिनाथ मन्दिरको चार वटा ढोका बिहान ४ बजेदेखि खोल्ने गरिएको थियो ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *