सुर्खेत, १७ जेठ–सुर्खेतमा जीप दुर्घटना हुँदा चार जनाको ज्यान गएको छ । सुर्खेतबाट कालिकोट जाँदै गरेको जीप आज (बिहीबार) बिहान दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

सुर्खेत–दैलेख सडकखण्डअन्तर्गत वीरेन्द्रनगर नगरपालिकास्थित रातानाङ्गला नजिक भे १ च २५६० नम्बरको बोलेरो जीप दुर्घटनामा परेको हो ।

जीप सडकबाट ३ सय मिटर तल खसेको छ । जीपमा ६ जना सवार रहेका थिए । ट्राफिक कार्यालय सुर्खेतका प्रहरी निरीक्षक राजन पौडेलले चार जनाको शव उद्धार गरेर सडकमा ल्याइएको जानकारी दिए ।

घाइते दुई जनाको प्रदेश अस्पतालमा उपचार भइरहेको छ । जीप बिहीबार बिहान दुई बजेतिर दुर्घटना भएको भए पनि ढिलो गरी मात्रै थाहा भएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेको सनाखत भएको छैन । दुर्घटनाबारे थप जानकारी प्राप्त हुन बाँकी छ । अहिले घटनास्थलमा सुरक्षाकर्मीको एउटा टोली उद्धारका लागि परिचालन भएको छ ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *