बिर्तामोड, १७ जेठ–गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्तर्गत स्थानीय महिलाहरुका झोला बनाउने तालिम बिर्तामोडमा सम्पन्न भएको छ ।

बिर्तामोड नगरपालिकाको आयोजनामा गत चैत्र १३ गतेदेखि सुरु भएको तालिम बुधवार सम्पन्न भएको हो । तालिममा बिर्तामोडका वडा नम्बर १, ३, ४ र ७ बाट १५ जना महिलाहरुले सहभागिता जनाएका थिए ।

नगरपालिकाले तालिममा सहभागीहरुलाई झोला सिलाउने मेसिनसमेत प्रदान गरेको छ । सहभागिहरुको ३५ प्रतिशत लागत साझेदारीमा १५ वटा मेसिन प्रदान गरिएको लघु उद्यम विकास कार्यक्रम संयोजक चनिमाया तामाङले जानकारी दिइन् ।

तालिममा सहभागीहरुलाई नगर प्रमुख पवित्रा महतारा प्रसाईले प्रमाण पत्र वितरण गरिन् । कार्यक्रममा बोल्दै नगर प्रमुख प्रसाईले तालिममा सिकेको सिपलाई सहि सदुपयोग गरेर उद्यमी बन्न सहभागीहरुलाई आग्रह गरिन् ।

सिप भए बेरोजगार बस्नु नपर्ने भन्दै उनले नगरपालिकाको तर्फबाट यस वर्षपनि अचार बनाउने, गुडिया बनाउने, ढाका बुन्ने, फोटो फ्रेम बनाउने, पोते उन्ने लगायत विभिन्न प्रकारका तालिम प्रदान गरेको जानकारी दिइन् ।

तालिम समापन कार्यक्रममा नगरका शिक्षा शाखा प्रमुख उपसचिव तिलचन भण्डारी, वडा नम्बर ३ का वडाअध्यक्ष मदन बुढाथोकी, वडासदस्य लक्ष्मी रोक्का, व्यवसायी तथा समाजसेवी तोमप्रसाद ओलीलगायतको उपस्थिति रहेको थियो। तालिममा पंकजा भण्डारीले प्रशिक्षण दिएकी थिइन् ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *