काठमाडौं, १४ भदौं–क्यारेवियन प्रिमियर लिग सिपीएल टी–ट्वान्टी क्रिकेटमा नेपाली लेग स्पिनिर सन्दिप लामिछाने आवद्ध टीम जमैका तलावास विजयी भएको छ। ट्रिनिडाडमा गएराति सम्पन्न खेलमा तलावासले सेन्ट किट्स एन्ड नेभिस प्याट्रियसलाई ३७ रनले पराजित गरेको छ।

टस जितेर पहिले ब्याटिङमा उत्रिएको तलावासले पुरै २० ओभरमा ६ वीकेट गुमाउदै १४७ रन बनाएको थियो । १४८ रनको लक्ष्यसहित जवाफी ब्याटिङमा उत्रिएको प्याट्रियर्स ११० रनमा समेटिन पुग्यो। खेलमा सन्दिपले राम्रो प्रदशन गरे। उनले २ विकेट लिए।

आजको खेल जितसँगै जमैका लिग तालिकाको तेस्रो स्थानमा उक्लिएको छ। लिगमा जमैकाले खेलेका ६ खेलमध्ये ३ मा जीत र ३ मा हार बहोरेको छ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *