काठमाडौं, १४ भदौं–कोरोना भाइरसको संक्रमणबाट विदेशमा यो साता थप तीन नेपालीको ज्यान गएको छ । गैरआवासीय नेपाली संघअन्तर्गतको स्वास्थ्य समितिका अनुसार यो साता बेलायतमा एकजना र युएईमा दुई जनाको निधन गएको हो ।

शनिवार साँझसम्म विदेशमा मात्र १६ देशका १९५ नेपालीहरुको निधन भएको छ । साउथ अफ्रिका, पोर्चुगल, स्पेन, कतार साउदी अरब लगायतका देशमा कोरोना संक्रमण सामान्य वृद्धि भएको छ । अष्ट्रेलिया र युरोपका केही देशमा कोभिड-१९ को दोस्रो चरण सुरु भएपछि नेपाली समुदायमा संक्रमण सामान्य रुपमा बढेको हो ।

स्वास्थ्य समितिका संयोजक डा संजीव सापकोटाका अनुसार हालसम्म विश्वका ३८ देशमा रहेका नेपालीहरु कोरोना संक्रमित भएका छन् ।

कोरोना भाइरसका कारण नेपालसहित बेलायत, युएई, साउदी अरब, बहराइन, कुवेत, कतार, आयरल्याण्ड, जापान, टर्की नेदरल्याण्ड, स्वीडेन, भारत, साउथ अफ्रिका लगायत १७ देशमा नेपालीहरुको ज्यान गएको छ ।

हालसम्म नेपाल बाहेक विदेशमा मात्र ३४ हजार सात सय एक जनामा कोरोना संक्रमण देखिएको छ । ३२ हजार ५११ जना कोरोना संक्रमणबाट मुक्त भएको स्वास्थ्य समितिले जनाएको छ ।

यस्तै नेपालमा मात्र ३७ हजार ३४० जना कोरोना भाइरसबाट संक्रमित भएका छन भने तीमध्ये २० हजार ५५५ जना कोरोनामुक्त भएका छन् । यो कुल संक्रमितको ५५ प्रतिशत हो ।

शनिबार साँझसम्म नेपालमा २१५ जनाको कोरोनाका कारण ज्यान गएको छ । योसँगै नेपालसहित विश्वभर कोरोना संक्रमणका कारण हाल सम्म चारसय १० जनाको निधन भएको छ ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *