केर्खा (कमल), १८ जेठ–झापाको कमल गाउँपालिका–२ क्याम्पास्थित कमलनगर अस्पतालमा नवनिर्मित ल्याव भवनको उद्घाटनसहित सेवा विस्तार गरिएको छ । हिजो (विहिबार) कमल गाउँपालिकाका अध्यक्ष हुकुमसिंह राईले नवनिर्मित तीन कोठे ल्याव भवनको उद्घाटन गर्नुभएको छ ।

नवनिर्मित ल्याव भवनको उद्घाटन गदैं अध्यक्ष राईले कमल नगरबिासीलाई आफनै ठाउँबाट विशेषज्ञ स्वास्थ्य सेवा पुरयाँउन स्थानीय सरकार प्रयत्नशील भएको जोड दिनुभएको थियो ।

नयाँ ल्याब भवनको सञ्चालन भएसंगै अस्पतालले अबका दिनमा ल्याव परीक्षणमा सुविधा पाउने उनको भनाई छ । राईले अस्पतालमा अव छिटटै २४ सै घण्टा आकस्मिकसहित भिडियो एक्सरे लगायतका सेवा समेत विस्तार गर्न लागिएको बताए ।

वडा अध्यक्ष अशोक सुब्बाका अनुसार क्याम्पास्थित कमल नगर अस्पतालमा स्वास्थ्य वीमासहितको यस अस्पतालमा दैनिक २ सयका सेवाग्रहीले स्वास्थ्य सेवा लिदैआएका छन् । अस्पताल सञ्चालनको दुई वर्षको अवधिमा यस अस्पतालबाट स्थानीयले कार्यालय समयभित्र ओपीडीमा चिकित्सक, इसीजी, ल्याव ,फार्मेसीसहित रिफर सेवा पाउदैआएका छन् ।

ल्याव परीक्षण विस्तारपछि अव भने विरामीले हेमाटोलोजि एनालाइजर, थाइराईड जाँच लगायतको सेवा पाउने ल्याव इन्चार्ज विपिना श्रेष्ठले बताईन् । उनका अनुसार म्यानुएल पद्धतिमार्फत ल्याव सेवा दिदैआएकोमा अव भने अहिलेको सेवा भन्दा दोव्वर बढीले सहजसंगै गुणस्तरिय ल्याव सेवा प्राप्त गर्न सक्ने छन् ।

यसअघि अस्पताललाई दमकस्थित गणेश सर्जिकल दमकका प्रोपाइटर कमल ५ निवासी गणेश प्रधानले करिव ६ लाख मूल्य पर्ने एक थान थाइराईड जाँच उपकरण निशुल्क प्रदान गरेका थिए ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *