काठमाडौं, १९ जेठ–नेपाल प्रहरीका चार प्रहरी नायब उपरीक्षक (डीएसपी) हरूलाई प्रहरी उपरीक्षक (एसपी) मा बढुवा लागि सिफारिस भएका छन् ।
प्रहरी महानिरीषक (आइजिपी) वसन्तबहादुर कुँवरको अध्यक्षतामा बसेको बढुवा समिति बैठकले डीएसपी प्रदीपबहादुर क्षेत्री, नारायण रन्जितकार, अनन्तराम शर्मा र एकनारायण कोइरालालाई एसपीमा बढुवा सिफारिस गरेको हो ।
बढुवा सिफारिस भएकाहरु चारैजना २०६१ जेठ १५ मा प्रहरी निरीक्षकबाट सेवा प्रवेश गरेका चारै जना अधिकृत बरीयतामा अगाडि रहेका थिए ।
बढुवा सिफारिस भएकामध्ये एकनारायण भने विवादित प्रहरी अधिकृत मानिन्छन् । उनीमाथि जिल्लामा बस्दा विभिन्न खालका असुलीलगायतका आर्थिक अनुशासन विपरीतका कार्य गरेको आरोप छ ।
