एजेन्सी, १४ भदौं–नोभाक जोकोभिचले वेस्टर्न एन्ड साउदर्न (सिनसिनाटी) ओपनको उपाधि जितेका छन् । विश्व नम्बर एक खेलाडीले न्युयोर्कमा शनिबार राति भएको फाइनलमा क्यानडाका मिलोस रावनिकलाई हराएर उपाधि जितेका हुन् ।
जोकोभिचले मिलोसमाथि १-६, ६-३ र ६-४ को सेटमा जित निकाल्न सफल भएका हुन् । पहिलो सेट गुमाएका उनले दोस्रो र तेस्रो सेटमा जित निकाल्न सफल भएका थिए । ३३ वर्षीय जोकोभिचले लामो समयदेखि विश्व टेनिसमा राज गर्दै आइरहेका छन् ।
महिलातर्फको उपाधि बेलारुसकी भिक्टोरिया अजारेन्काले जितिन् । उनले फाइनल नखेल्दै अजारेन्का च्याम्पियन बनेकी हुन् ।
उनीसँग खेल्न तयार भएकी जापानकी नाओमी ओसाकाले चोटको कारण नाम फिर्ता लिएपछि उनी च्याम्पियन बन्न सफल भइन् ।
