शिबगञ्ज, १९ जेठ–झापाको शिबसताक्षी–६ शिबगञ्जस्थित जन आदर्श माध्यमिक विद्यालयमा लागुऔषध दुर्व्यसन र साइबरक्रामई सम्बन्धी तीन दिने संचेतना कार्यक्रम सम्पन्न भएको छ । पछिल्लो समय समाजमा बढ्दो अवस्थामा देखा परिरहेको लागुऔषध दुर्व्यसन र साइबरक्रामईबाट बच्न, यसबाट हुने क्षतिलाई न्यूनिकरण र नियन्त्रण गर्न विद्यार्थीहरुका लागि तालिम आयाजना गरिएको हो ।
शिबसताक्षी नगरपालिकाको कार्यालयले उपलब्ध गराएको आर्थिक सहयोग, स्काउट नगर समितिको आयोजना र जन आदर्श माध्यमिक विद्यालय स्काउट ट्रपको व्यवस्थापनमा सो तालिम आयोजना गरिएको थियो । सो तालिममा इलाका प्रहरी कार्यालय शिबगञ्जका प्रहरी सहायक निरीक्षक प्रवेश नेपालले सहजिकरण गर्नुभएको थियो ।
तालिममा प्रसनि नेपालले लागुऔषध दुर्व्यसन भनेको के हो ? यसको प्रयोग कसरी हुँदै आएको हो ? यसबाट हुने क्षति, समस्या र प्रभावको विषयमा जानकारी गराउनुभएको थियो । त्यस्तैं, वहाँले साइबरक्रामाई के हो ? साइबरक्राइम कस्ता कस्ता विषयमा भनिन्छ ? यसबाट हुने कानूनी जटिलता, कानूनी प्रावधान, कानूनी मान्यता र उपचारका विषयमा जानकारी गराउनुभएको शिबगञ्जस्थित जन आदर्श माध्यमिक विद्यालयका स्काउट शिक्षक भक्ति काफ्लेले जानकारी गराउनुभयो ।
तालिममा सहभागि स्काउट विद्यार्थीहरुले विभिन्न विषयमा चासो र जिज्ञासा राखेका थिए । सो जिज्ञासाहरुका जवाफ तालिमका प्रशिक्षक तथा प्रसनि नेपालले दिनुभएको थियो ।
विद्यालयका प्रधानन्यापक तुलसी अधिकारीको अध्यक्षता र शिबसताक्षी–६ का वडा अध्यक्ष मनोज खुलाल कार्कीको प्रमुख आतिथ्यतामा सो तालिम सम्पन्न भएको हो ।
