काठमाडौ, १४ भदौं–गत साता निरन्तर घटेको सुनको भाउ आइतबार भने सामान्य बढेको छ । गत शुक्रबारको तुलनामा आज (आइतबार) तोलामा ३ सय रुपैयाँले सुनको भाउ बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि छापावाल सुन तोलाको ९७ हजार २ सय तोकेको छ । शुक्रबार तोलाको ९६ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, तेजाबी सुनको भाउ पनि बढेर ९६ हजार ७ सय पुगेको छ । शुक्रबार तोलाको ९६ हजार ४ सय थियो ।

आज चाँदीको भाउ भने तोलाको १३४० मा स्थिर रहेको महासंघले जनाएको छ ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *