विराटनगर, २१ जेठ–कोशी प्रदेश सरकारले आगामी आव ०८१/८२ का लागि नीति तथा कार्यक्रम प्रदेशसभामा प्रस्तुत गरेको छ। प्रदेश प्रमुख पर्शुराम खापुङले आज प्रदेशसभाको बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन्।

पुष्पलाल लोकमार्ग आसपासका क्षेत्रमा पर्यटन, पूर्वाधार, स्वास्थ्य सेवा सुविधा, कृषि उत्पादनमा आधारित उद्योग स्थापना गरिने, प्रदेशको आन्तरिक राजस्व वृद्धि गरिने, प्रदेश कर तथा गैरकरसम्बन्धी विद्यमान कानून प्रतिस्थापन गरिने, प्रदेशको एकल अधिकार क्षेत्रमा रहेको कृषि आयकर संकलनका लागि आवश्यक कानूनी तथा प्रशासनिक व्यवस्था गर्ने विषय पनि उल्लेख छन्।

प्रस्तुत नीति तथा कार्यक्रममा प्रदेश निजामती ऐन २०७९ संशोधन गर्ने, प्रदेश लगानी सम्मेलन गर्ने, अन्तरराष्ट्रिय चिया सम्मेलन गर्नेलगायतका विषय उल्लेख छन्।

ट्राफिक प्रहरी कार्यालयमार्फत संकलन हुने जरिमाना प्रदेशको संचित कोषमा जम्मा गर्ने व्यवस्था गर्न संघीय सरकारसँग पहल गर्ने, आर्थिक अनुशासन कायम गर्न विद्यमान कानूनी व्यवस्थालाई कडाईका साथ कार्यान्वयन गर्ने, सार्वजनिक खर्चको मापदण्ड र मितव्ययितासम्बन्धी कानून परिमार्जन र सुधार गर्ने विषयहरु उल्लेख छन्।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *