काठमाडौँ, २१ जेठ–नेकपा (एकीकृत समाजवादी) ले १०औँ राष्ट्रिय महाधिवशेनको लोगो सार्वजनिक गरेको छ।

आइतबार राजधानीमा पत्रकार सम्मेलन गरी लोगो सार्वजनिक गरेको हो। लोगोमा दक्षिणपन्थी यथास्थितिवादको विरोध गरौँ, समाजवादी बाटोमा अगाडि बढौँ नारा उल्लेख छ।

१०औँ राष्ट्रिय महाधिवशेनको लोगोमा कम्युनिस्ट पार्टीको झन्डा र नेपालको राष्ट्रिय झन्डालाई संयोजन गरी कलात्मक बनाइएको छ।

सो लोगोलाई अध्यक्ष माधव नेपाल, सम्मानित नेता झलनाथ खनाल र महासचिव घनश्याम भुसालले संयुक्त रूपमा सार्वजनिक गर्नु भएको हो।

एकीकृत समाजवादीको १०औँ राष्ट्रिय महाधिवेशन आगामी असार १६ देखि २० गतेसम्म काठमाडौँमा हुँदैछ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *