दमक, २२ जेठ–नेकपा (माओवादी केन्द्र) ले तत्कालिन समयमा सञ्चालन गरेको सशस्त्र द्धन्द्धलाई विभिन्न भूमिकाबाट सहयोग पुर्याउनुहुने, वेपता र शहिद परिवारलाई यतिवेला झापाको दमकमा भेटघाट र सम्मान कार्यक्रम गरिरहेको छ ।

यसैबीच, दमकमा यसै सन्दर्भको अवसर पारेर नेकपा (माओवादी केन्द्र) दमक नगर कमिटीले एक घर–एक विरुवा वितरण अभियान सञ्चालन समेत गरिरहेको छ । सोमबार, दमक–५ धनेश्वर चौकस्थित नेकपा (माओवादी केन्द्र) दमक नगर कमिटीले वृक्षारोपण कार्यक्रमको उद्घाटन सम्पन्न गरेको छ ।

दमक वडा नम्बर ५ का विभिन्न टोल–टोलका घर–घरमा लिची र कागतीको विरुवा वितरण गरिने कार्यक्रम संयोजक समेत रहनुभएका पूर्व जनमुक्ति सेना नेपालका केन्द्रीय संञ्चार विभाग प्रमुख प्रशान्त भण्डारीले जानकारी दिनुभयो ।

माओवादी केन्द्र कोशी प्रदेश कमिटिीका अध्यक्ष हर्क बहादुर नेम्बाङ (मिक्सो) को प्रमुख आथित्यतामा सो कार्यक्रम आयोजना भएको थियो ।

सो कार्यक्रममा पार्टी केन्द्रीय सदस्य रञ्जित तामाङ, जिल्ला कमिटी अध्यक्ष राजु आचार्य, प्रदेश कमिटी सदस्य दुर्गा चौलागाई, बीरेन्द्र बस्नेत, वाइयसय केन्द्रीय सचिव कर्मा, वाइसियल झापा अध्यक्ष डेबिट साही, वाईसियल झापाका निर्वतमान अध्यक्ष राजु दर्नाल, पार्टी दमक नगर कमिटी अध्यक्ष रबि बस्नेत लगायतको उपस्थिति थियो ।

पार्टी वार्ड कमिटी अध्यक्ष गजेन्द्र लिम्बूको अध्यक्षतामा कार्यक्रम भएको थियो । सो कार्यक्रमबीच निःशुल्क दन्त शिविर सम्पन्न भएको थियो ।

दमकस्थित मुस्कान डेन्टल अस्पतालले प्राविधिक सहयोग गरेको दन्त शिविरमा एक सय बढीले दन्त सम्बन्धी विभिन्न प्रकारका सेवा लिएका थिए ।

त्यस्तैं, कार्यक्रममा मााओवादी पार्टीका पुराना नेता गणश कार्कीलाई सम्मानपत्रसहित दोसल्ला ओढाएर सम्मान गरिएको कार्यक्रम संयोजक प्रशान्त भण्डारीले जानकारी दिनुभयो ।

सो कार्यक्रममा जनबादी गायक बालकृष्ण गजमेर (कमरेड ईस्लाम) ले जनबादी गीतहरु प्रस्तुत गर्नुभएको थियो ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *