दमक, २२ जेठ–झापाको कमल गाउँपालिका २ नं वडा कार्यालयले सञ्चालन गरिआएको विद्यार्थीहरुको स्वास्थ्य परीक्षण कार्यक्रम प्रभावकारी वन्दै गएको छ । वडा कार्यालयले आफनो बार्षिक कार्यक्रम अन्तर्गत वडामा रहेका सामुदायिक तथा संस्थागत विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको स्वास्थ्य परीक्षण कार्यक्रम प्रभाबकारी वन्दै गएको हो ।
वडा कार्यालयले दुई वर्षदेखि विद्यालयमै पुगेर मासिक रुपमा यस किसिमको कार्यक्रम सञ्चालन गरिआएको छ । जसअन्तर्गत वडाले यसपटक नवोदय माध्यमिक विद्यामन्दिर र महेन्द्ररत्न माध्यमिक विद्यालयका विद्यार्थीहरुको स्वास्थ्य परीक्षण गर्नुका साथैं आवश्यकता अनुसार औषधीहरु समेत वितरण गरिएको वडाअध्यक्ष अशोक सुब्बाले बताए । नियमित स्वास्थ्य जाँच कार्यक्रमबाट विद्यार्थीहरुको स्वास्थ्य सचेतना सम्बन्धी जागरण आउदै गएको उनको भनाई छ ।
उक्त कार्यक्रमममा बालबालिकाहरुको स्वास्थ्य परीक्षण कमल नगर अस्पतालका सिनियर अहेव अमृत सुब्बा र जनस्वास्थ्य निरीक्षक दिपक दाहालले गरेका थिए भने जनप्रतिनिधि सम्झना रण्पहेलीले सहजीकरण गरेकी थिइन् ।
हरेक महिना हुने यस स्वास्थ्य परीक्षण कार्यक्रमलाई नियमित रुपमा सञ्चालन गदैं लैजाने र त्यसमा सहयोग पुरयाँईदिन हुन विद्यालय प्रशासन, व्यवस्थापन समिति, विद्यार्थीहरु तथा सवै सरोकारवालाहरुलाई अनुरोध समेत गरिआएको वडाअध्यक्ष सुब्बाले बताए ।
कमल गाउँपालिकामा यस किसिमको कार्यक्रम कमल २ वडा कार्यालयले भने नियमित रुपमा सञ्चालन गरिआएको वडा कार्यालयले दावी गरेको छ ।
