अर्घाखाँची, १४ भदौं–बुटवल उपमहानगरमा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ। लुम्बिनी प्रादेशिक अस्पतालका अनुसार बुटवल ५ निवासी ६७ वर्षीय पुरुषको मृत्यु भएको हो।

भदौ १४ गते कोरोना संक्रमण पुष्टि भएर अस्पतालमा भर्ना भएका उनमा ज्वरो, स्वासप्रश्वासमा समस्या, मुटुरोग, मधुमेह र उच्च रक्तचापको समस्या रहेको अस्पतालले जनाएको छ।

अस्पतालको फिभर क्लिनिकको आइसोलेसनमा आइतबार बिहानदेखि उपचाररत उनको मध्याह्न साढे १२ बजे मृत्यु भएको कोरोना फोकल पर्सन डा सुदर्शन थापाले जानकारी दिए।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *