काठमाण्डौं, २६ जेठ–नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले तत्काल एमालेसँग एकताको सम्भावना नरहेको बताएका छन्। शनिबार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा एकीकृत समाजवादी कोशी कमिटीद्वारा आयोजित प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले एकताका लागि एमालेले पनि चाहाना देखाउन आवश्यक रहेको बताए।

‘हिजोको कुरा पनि बिर्सौं ठिक छ, तर अहिले एमालेसँग एकताको कुनै सम्भावना देखिएन,’ अध्यक्ष नेपालले भने, ‘विगतको समीक्षा नगर्दा पनि त्यो देखिएको छैन। किनभने चाहना त हुनुपर्छ नि।’

यद्यपि उनले हालको समाजवादी मोर्चालाई पुनःगठन गरेर अघि बढ्ने बताए।

‘अहिले मोर्चा बनाउर अघि जाऔँ भन्ने प्रश्ताव लिएर विभिन्न दलसँग कुरा भइरहेको छ,’ उनले भने, ‘समाजवादी मोर्चाका संयोजक विप्लव सकारात्मक हुनुहुन्छ, प्रचण्ड, अशोक राई, महिन्द्रराय यादव समूह पनि सकारात्मक देखिनुभएको छ। उपेन्द्रजीलाई पनि सोध्ने प्रयासमा छौँ। हामी छिटै अर्को समाजवादी मोर्चा समाजवादी मोर्चाको पुनःगठन गरेर कति घटक हुन्छन्, सहकार्य गरेर जानेछौँ।’

वर्तमान सरकारमा एकीकृत समाजवादीलाई उचित हिस्सा दिने कुरामा प्रधानमन्त्री प्रचण्डको भूमिका सकरात्मक रहेको अध्यक्ष नेपालको भनाइ छ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *