हल्दीबारी (झापा), २६ जेठ–झापाको हल्दीबरी गाउँपालिकामा लोपोन्मुख मेचे समुदायका महिलाहरुलाई लक्षित गरेर पालिका स्तरिय ७ सात दिने उद्घोषण तथा माइन्युट लेखन तालिम शुरु भएको छ ।

हल्दीबारीमा पहिलो पटक मेचे समयुदायका महिलाहरुका लागि उद्घोषण तथा माइन्युट लेखन तालिम आयोजना गरिएको हो । कार्यपालिका सदस्य एवं कार्यक्रम संयोजक आयुषा मेचेको अध्यक्षतामा भएको तालिमको उद्घाटन शुक्रवार भएको हो ।

उद्घाटन कार्यक्रममा पालिका अध्यक्ष रविन्द्रप्रसाद लिङदेन, प्रमुख प्रशासकीय अधिकृत मानबहादुर वन (महेन्द्र), वडा नम्बर १, २, ४ का वडाध्यक्षहरू क्रमशः देवीबहादुर थापा, शुकलाल राजवंशी र सन्तकुमार थापा, कार्यपालिका सदस्यहरू, शान्ता शिवाकोटी, भगिरथा दाहाल, सुष्मा महरा, शान्ता गहतराज, वडा सदस्यहरू सुरेन्द्र बाराकोटी, रचना कुलुङ, विष्णु राई, योजना शाखा प्रमुख राजन न्यौपाने, रोजगार संयोजक सपना न्यौपाने लगायतको आतिथ्य रहेको थियो।

उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष लिङदेनले लोपोन्मुख मेचे समुदायका महिलाहरुको क्षमता अभिवृद्धिका लागि तालिम आयोजना गरिएको बताए । उनले मेचे समुदायका दिदिबहिनीहरुलाई व्यक्तित्व विकास गरी समाजमा नेतृत्व लिन आग्रह गरे।

त्यसैगरी प्रमुख प्रशासकीय अधिकृत महेन्द्रले मेचे जाति आफ्नो छुट्टै पहिचान भएको समुुदाय भएको भएपनि पछि परेकाले मेचेलाई नै लक्षित गरेर तालिम आयोजना गरिएको बताए।

कार्यक्रममा वडाध्यक्षहरु सन्तकुमार थापा, देवीबहादुर थापा, कार्यपालिका सदस्य शान्ता शिवाकोटीलगायतले शुभकामना मन्तव्य राखेका थिए । महिला तथा बालबालिका शाखा प्रमुख तृष्णा थापा मगरले सञ्चालन गरेको तालिमको सहजीकरण सञ्चारकर्मी देवीका अधिकारी गर्नेछिन् । जेठ २५ गतेबाट शुरुभएको तालिम जेठ ३२ गते समापन हुनेछ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *