बिर्तामोड, १४ भदौ–झापाको कनकाई नगरपालिकामा आज आठ जना स्थानीयबासीमा कोरोना संक्रमण देखिएको छ ।
नगरका तीन वटा वडाका दुई महिला र छ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ । संक्रमितहरु वडा नं १, ३ र ७ नम्बर वडाका रहेका छन् ।
