दमक, १४ भदौ–झापाको शिबसताक्षी–१० माइधारस्थित कनकाई नदिको बाढीले कटान गरेर घरबार विहिन बनेकी तारा शेर्माको घर निर्माण सुरु भएकै दिन हङकङबाट १ लाख सहयोग जुटेको छ ।

मेची अभियान मार्फत शेर्माको स्थायी बसोबासका लागि निर्माण हुन लागेको जस्ताको छाना सहितको आरसीसी घर निर्माणका लागि १ लाख जुटेको अभियानका संयोजक विजय डालमियाले जानकारी दिए । डालमियाका अनुसार हङकङ नेप्लीज मोबाइल फोटोग्राफि फेसबुक समुहले बाढीबाट बिस्थापित बनेकी शेर्माको घर निर्माण सहयोगार्थ १ लाख मेची अभियानलाई प्रदान गरेका हुन् ।

सामाजिक संजाल ‘फेसबुक’मा शेर्माको तस्वीर र घर निर्माणसंग सम्बन्धित अन्य फोटोे पोष्ट गरेपछि समुहका सदस्यहरुले रकम संकलन गरेर पठाएको अभियानकी सदस्य भुमिका सुब्बाले बताइन् । ‘‘फेसबुक’ प्रयोग कर्ताहरुको एउटा ग्रुप छ ।

हङकङमा बसोबास गर्ने नेपाली दाजु-भाई तथा दिदी बहिनी समेत सहभागी उक्त ग्रुपले संकलन गरेर पठाएको रकम शेर्माको घर निर्माणका लागि पहिलो पटक ठुलो रकम मेची अभियानको खातामा जम्मा भएको हो,’ सुब्काले भनिन् ।

तस्विरः तारा शेर्मा र उनका दुई बर्षका छोरा

असार १२ गते कन्काई नदिमा आएको बाढीले घर बगाएपछि शेर्माको परिवार बिचल्ली बनेको थियो । बाढीबाट शेर्माको परिवार बिस्थापीत बनेको समाचार संचार माध्यममा आएपछि झापामा स्थापीत मेची अभियानले घर निर्माण गरेर हस्तान्तरण गर्ने प्रस्ताव शिवसताक्षी नगरपालिकासंग गरेको थियो ।

नगरपालिकाले ११ नम्बर वडा स्थीत जनता आवास क्षेत्रमा जग्गा दिने कार्यपालिका बोर्डमै निर्णय गरेपछि मेची अभियानले गएको ५ मा नगर प्रमुख चन्द्रकुमार शेर्मा मार्फत बाढी पिडित शेर्माको घर निर्माणको शिलान्यास गरेको थियो ।

दुई वर्ष अघि निमोनियाका कारण श्रीमान् गुमाएकी शेर्माको बस्ने घर कात्तिक १० मा निर्माण सम्मपन्न हुने निर्माण कम्पनीका ठेकदार सुभास राजबंशीले बताए । मेची अभियानका संयोजक डालमियाका अनुसार शेर्माको घर निर्माणका लागि अभियानका सदस्य नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले आफ्नी श्रीमती कविताको जन्मदिनको अवसर पारेर ११ हजार १ सय ११ रुपैयाँ प्रदान गरेर सहयोगको खाता खोलेका थिए ।

‘निस्वार्थ र प्रचार रहित मेची अभियान मार्फत शेर्माको घर निर्माणमा जो कोही पनि सहयोगको सदस्य बन्न सक्नुहुने छ, उनले भने-‘करकाप र जबरजस्ती अनि फोन गरेर चन्दा माग्ने काम अभियानले पटक्कै गर्देन ।’

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *