दमक, १ असार–दमक नगर खेलकुद विकास समितिले पूर्णता पाएको छ । नगर प्रमुख रामकुमार थापाको उपस्थितिमा शुक्रबार नगरपालिकाको काार्यलयमा भेलाले नगर खेलकुद विकास समितिलाई पूर्णता गराइएको हो ।

यसअघि, दमक–९ निवासी भीमराज चौलागाईलाई नगर खेलकुद विकास समितिको संयोजकको जिम्मेवारी प्रदान गरिएको थियो । चौलागाई दमकमा एमाले नेता हुन् । उनी यसअघि, दमक–८ का वडा सदस्यको रुपमा निर्वाचित जनप्रतिनिधि थिए ।

समितिको उपाध्यक्षमा ताराप्रसाद अधिकारी चयन भएका छन् । त्यसैगरी, समितिको सदस्य सचिवमा युवा तथा खेलकुद शाखाका अधिकृत प्रवीण खड्का र सदस्यहरुमा जीतु धिमाल, मोहन मगर, भिष्म उप्रेती, पूर्णध्वज आङदेम्बे, रेशा लिम्बू, केशर मगर, अनिश खनाल, र निरज निरौला रहेका छन् ।

गठित समितिको उपाध्यक्ष ताराप्रसाद अधिकारी यसअघि राप्रपाबाट दमक–१ का वडा अध्यक्ष हुन् ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *