झिलझिले, १ असार–नेकपा (एकीकृत समाजवादी) जिल्ला कमिटी झापाले पार्टीको १०ओं राष्ट्रिय महाधिवेशनलाई लक्षित गरेर झापामा निर्वावन क्षेत्रीय स्तरका कार्यकर्ता भेटघाट तथा अन्तरक्रिया कार्यक्रमहरु गरिरहेको छ ।
असार १६ गतेदेखि २९ गतेसम्म काठमाण्डौंमा एकीकृत समाजवादीको १०औं राष्ट्रिय महाधिवेशन सम्पन्न हुँदैछ । महाधिवेशनमा राजनीतिक प्रतिवेदन, संगठनात्मक प्रस्ताव र नेपाली बिशेषताको समाजावादी कार्यक्रमसहित तीनवटा मस्यौदा दस्तावेजहरु प्रस्तुत हुनेछ । सो मस्यौदा दस्तावेजहरुमाथी पार्टी केन्द्रेय कमिटीले देशभरीका जिल्ला कमिटी मातहतका निर्वाचन क्षेत्र र पालिका कमिटीमा छलफल तथा अन्तरक्रिया भइरहेको छ ।
यसैबीच, झापा क्षेत्र नं ४ र ५ क्षेत्रीय कमिटीको संयुक्त आयोजनामा आज (शनिबार) शिबसताक्षी नगपालिकाको झिलझिलेमा मस्यौदा दस्तावेजहरुमाथि बिचार बिमर्श सम्पन्न भएको छ । जिल्ला कमिटी झापाका उपसचिव तथा शिबसताक्षी नगर अध्यक्ष नबिन इजमको अध्यक्षतामा र केन्द्रीय सदस्य तथा झापाका सहइन्चार्ज चन्द्रा श्रेष्ठको प्रमुख आतिथ्यतामा सो कार्यक्रम भएको थियो ।
झिलझिलेस्थित किराँत भवनमा आयोजित बिचार बिमर्श कार्यक्रममा पार्टीका केन्द्रीय सल्लाहकार तथा पूर्वमाननीय नारायणसिंह राजवंशीले १०औं महाधिवेशनले नेपालका कम्युनिष्ट पार्टीहरुको नेतृत्व गर्नसक्ने नीति तथा कार्यक्रम, योजना,, बिचार र सिद्धान्त बनाइनु पर्नेमा जोड दिनुभयो । नेता राजवंशीले नेपालमा कम्युनिष्ट पार्टीहरुको नाम थुप्पै भएको र तिनको केही विशेषता कम्युनिष्ट मात्रै भएको तर बिचार, सिद्धान्त र व्यवहारमा कम्युनिष्ट नभएको जिकिर गर्नुभयो ।
लामो समय झापाली कम्युनिष्ट आन्दोलनमा सक्रिय रहेको र हाल उमेरसंगै स्वास्थ्यको कारण चाहेर पनि गर्न नसकिरहेको चिन्ता व्यक्त गर्नुभयो । वहाँले एमालेबाट बिद्रोह गरेपछि नेकपा (एकीकृत समाजवादी) गठन गरेको र त्यस पार्टीले नेपालको कम्युनिष्ट आन्दोलनको मान र प्रतिष्ठा जोगाउन प्रयास गििरहेको बताउनुभयो । समाजवादको आन्दोलनको नारा बोकेर मात्रै नहुने बताउनुहुँदैं नेता राजवंशीले कृषिलाई आधुनिकरण र प्रविधिसहित बनाएर खाली रहेको जमिनको प्रयोग वा उपभोग गर्न जोड दिनुभयो ।
त्यस्तैं, कार्यक्रममा पार्टी झापा अध्यक्ष बेदराज रेग्मी र उपाध्यक्ष बासु दुलालले १०औं महाधिवेशनले देशभरी उत्साह बढाएको र महाधिवेशनबाट पार्टीभित्र देखिएका सवै खालका समस्याहरु किनारा लाग्ने बताउनुभएको थियो ।
सो बिचार बिमर्श कार्यक्रममा सहभागिहरुको तर्फबाट प्रकाशचन्द्र गौतमले मस्यौदा दस्तावेजहरुमाथि सुझाव तथा जिज्ञासाहरु राख्नुभएको थियो ।
कार्यक्रममा पार्टीका केन्द्रीय परिषद सदस्य जनार्दन उप्रेती, मणी भण्डारी, अम्बिका उप्रेती, प्रदेश सदस्य तथा दमकस्थित युनिक कलेजका प्रमुख शान्तिराम आचार्य, पार्टी जिल्ला कमिटी सचिव बिपी भट्टराई, कार्यालय सचिव पशुराम शंकर, युवा संघ नेपालका केन्द्रीय सदस्य नारायण राजवंशी, समाजावदी प्रेष संगठन झापा उपाध्यक्ष गोविन ल्वागुन, युवा संघ झापाका नेता प्रतिक राजवंशी, राजवंशी, एकीकृत समाजवादी निकट आदिवासी जनजाति संघ झापाका नेता सन्तोष इजम, पार्टी झापाका नेता सोमनाथ गुरागाई, हरिप्रसाद नेपाल लगायतको उपस्थिती थियो ।
महाधिवेशन पतिनिधि चयनका लागि असार ५ गते निर्वाचन क्षेत्रको निर्वाचन प्रकृया हुने भएको छ । निर्वाचन प्रकृयाका लागि क्षेत्र नं ४ मा सोमनाथ गुरागाईको संयोजकत्वमा र क्षेत्र नं ५ मा प्रदेश कमिटी सदस्य शान्तिराम आचार्यको संयोजकत्वमा समिति गठन गरिएको छ ।
कमल गाउँकमिटी अध्यक्ष होमबहादुर बरालले स्वागत गर्नुभएको कार्यक्रमको सञ्चालन शिबसताक्षी नगर सचिव शान्तिराम न्यौपानेले गर्नुभएको थियो ।
