दमक, १ असार–झापाको दमक नगरपालिकाकी उपप्रमुख तथा बजेट तर्जुमा समितिका संयोजक रेगिना भट्टराई प्रसाइँले आर्थिक बर्ष २०८१/८२ को वजेटका सन्दर्भमा दमकका पत्रकारहरुसँग अन्तरक्रिया गरेकी छिन् ।
शनिबार, नगरपालिकाको कार्यालयमा आर्थिक वर्ष २०८१/८२ बजेट तथा योजनाहरुको छनोट तर्जुमा सम्बन्धी पत्रकारहरुसंग उपप्रमुख भट्टराईले अन्तरक्रिया गरेकी हुन् ।
नगर उपप्रमुख भट्टराईले दमकको १० वटै वडामा भुगोल, जनसंख्या, भ–ुबनोट, प्राकृतिक तथा साँस्कृतिक अवस्था, नदि, , जङ्गल आदिको आधारमा बजेट छ्ट्याइएको बताइन् । अन्तर्क्रियामा उपप्रमुख भट्टराईले सबै वडाहरुलाई बजेटको सिलिङ वितरण गरिएको र सोको आधारमा वडाहरुलाई योजना तथा कार्यक्रमहरु पेश गर्न सुझाइएको पनि बताइन् ।
नगरका विविध बिषयहरुमा नागरिकस्तरबाट उठिरहेका गुनासा र जिज्ञासाहरुको समाधान गर्ने गरि बजेट तथा कार्यक्रम ल्याइने, शिक्षा, स्वास्थ्य र कृषिलाई प्राथमिकतामा राखिने पनि उपप्रमुख भट्टराईले सार्वजनिक गरिन् । उनले यस बर्ष सबै वडामा सुत्रका आधारमा बजेट विनियोजन गर्ने जनप्रतिनिधिहरुबीचको सहमति भएको र वडामा जाने बजेटको आकार बढाइएको पनि अन्तरक्रियामा उल्लेख गरिएको छ ।
उनले पत्रकारहरुसँगको अन्तरक्रियामा पत्रकारहरुले स्थानीय सरकारलाई संविधानतः सञ्चार नीति ल्याएर समग्र सञ्चार जगतलाई सम्बोधन गर्न उपप्रमुख भट्टराईको ध्यानाकर्षण गराए ।
पत्रकारहरुले स्थानीय सरकारलाई योजना तथा बजेट, कार्यक्रमहरु टुक्रे खालका नल्याई ठोस उपलब्धि हुने किसिमका योजनाहरु ल्याउन सुझाव दिएका छन ।
पत्रकारहरुले नगरपालिकाको आन्तरिक आम्दानीका स्रोतहरुको भरपुर उपयोग गर्न, विभिन्न व्यवसायिक पसल कवलहरुको भाडा सम्झौता पुनरावलोकन गरेर बिचौलिया राज हटाउन, तालिमका नाममा भइरहेको फर्जी खर्चलाई कटौती गर्न, खोला-नदीहरुको गिटी, बालुवा निकासीको ठेक्का पारदर्शी ढंगबाट लगाउन, अमानतमा राजश्व संकलन बन्द गरी पारदर्शीता प्रस्तुत गर्न, यहाँका ठुला र महत्वपूर्ण योजनाहरुलाई परिणाममुखी बनाउन तर्फ स्थानीय सरकार अग्रसर हुनुपर्ने लगायतका सुझावहरु राखेका छन् ।

