काठमाडौं, १४ भदौं–ट्राफिक प्रहरीका पूर्व प्रहरी निरीक्षक सीताराम हाछेथु ललितपुर महानगरपालिकाको नगर प्रहरी बल प्रमुखमा नियुक्त भएका छन्।
हाछेथुलाई नेपाल सरकारको मापदण्ड अनुसार नियुक्त गरिएको ललितपुर महानगरपालिकाका प्रवक्ता राजु महर्जनले बताए। उनका अनुसार हाछेथुलाई नगर प्रहरी प्रमुखमा करारमा नियुक्त गरिएको हो।
महानगरले हाछेथुलाई दमकल र नगर प्रहरी व्यवस्थित गर्ने जिम्मेवारी दिएको छ। उनले ७२ जना नगर प्रहरीको कमाण्ड सम्हाल्ने भएका छन्। ट्राफिक प्रहरीमा लामो समयसम्म अनुभव रहेका कारणले उनलाई महत्वपूर्ण जिम्मेवारी दिएको महानगरले जनाएको छ।
हाछेथु ट्राफिक व्यवस्थापनमा अब्बल मानिएका एक पूर्व अधिकृत हुन्।
