काठमाडौं, १५ भदौं–पछिल्लो २४ घण्टामा विश्वमा ५ हजार ३६१ कोरोना संक्रमितको मृत्यु भएको छ । विश्व स्वास्थ्य संगठनका अनुसार अघिल्लो २४ घण्टामा ५ हजार ८२४ कोरोना संक्रमितको मृत्यु भएको थियो ।
विश्वका २१६ देशमा फैलिएको कोरोनाका कारण हालसम्म ८ लाख ३८ हजार ९२४ जनाको मृत्यु भइसकेको छ । संक्रमितको संख्या २ करोड ४८ लाख ५४ हजार १४० पुगेको छ ।
