काठमाडौं, १५ भदौं–कोरोना भाइरसको संक्रमणका कारण विश्वमा ज्यान गुमाउनेको संख्या ८ लाख ३८ हजार नाघेको छ ।
विश्व स्वास्थ्य संगठनका अनुसार हालसम्म कोरोनाले विश्वमा ८ लाख ३८ हजार ९२४ संक्रमितको मृत्यु भइसकेको छ ।
हालसम्म संक्रमितको संख्या २ करोड ४८ लाख ५४ हजार १४० पुगेको तथ्यांकमा उल्लेख छ । हालसम्म विश्वका २१६ देशमा कोरोना संक्रमण फैलिएको छ ।
